काठमाडौं । घोराही उपमहानगरपालिका–१२ की ४ वर्षीया रेणु (नाम परिवर्तन ) घरनजिकै खेल्दै थिइन् । १२वर्षीय एक बालक पनि उनीसँगै खेल्न थाले । त्यस क्रममा ती बालकले रणुमाथि बलजफ्ती गरे । मंसिर २ गतेको यो घटना पीडित परिवारले थाहा पाएपछि प्रहरीमा उजुरी दियो । बलात्कारमा संलग्न बालक अहिले प्रहरीको नियन्त्रणमा छन् ।

गत वर्षको पुसदेखि अहिलेसम्म एक वर्षभित्र जिल्लामा ६२ जना बलात्कारबाट पीडित बनेका छन् । योे संख्या अघिल्लो वर्षको भन्दा झन्डै दोब्बर हो । अघिल्लो वर्ष ३६ जना बलात्कारमा परेका थिए ।

६२ जनामध्ये ५० जना अवोध बालिका छन् । जिल्लामा बर्सेनि बलात्कृत हुनेहरुको संख्या हेर्ने हो भने दोब्बर बढी देखिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments