काठमाडौं । प्रधानमन्त्री केपी ओली र (नेकपा) अध्क्षय पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भगौडा सेनाले सर्वोच्चमा रिट दायर गरेका छन् ।मोरङ ग्रामथान गाउँपालिका–३ का ३८ वर्षीय झलकुमार भगतले प्रधानमन्त्री ओलीसहित उच्च ओहदाका अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनी २०६२ साल साउन ८ गते तत्कालिन शाही नेपाली सेनाबाट विद्रोह गरी माओवादी सेनामा गएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनले वाइसीएलको स्थानीय नेताका रुपमा समेत काम गरेको बताइएको छ । भगतलाई २०७४ मंसिर ८ गते राति आफ्नै निवासमा सुतिरहेका बेला मोरङ प्रहरीले पक्राउ गरी नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाएको थियो ।

प्रहरीले उनलाई निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । पछि भगौडा भन्दै सेनाले नियन्त्रणमा लिएको पारिवारले जानकारी दियो । भगतविरुद्ध २०७४ पुस १७ मा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो ।हाल उनी मकवानपुरको कारागारमा छन् । रिट निवेदकले आफूलाई विस्तृत शान्ति समझौता, तत्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको सहमति लगायतको भावनाविपरीत फैसला सुनाइएको दाबी गरेका छन् ।

रिटमा प्रधानमन्त्री ओलीसहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन नेकपा माओवादी र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत २१ जनालाई विपक्षी बनाइएको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments