काठमाडौं । मुलुकमा १ लाख ५६ हजार युवायुवती लागूऔषध दुव्र्यसनको जालोमा फसेका छन् । यो कुल जनसंख्याको शून्य दशमलव ५५ प्रतिशत हो ।

सरकारी तथा गैरसरकारी निकायले लागूऔषध दुव्र्यसनविरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । गृह मन्त्रालयका अनुसार विभिन्न गैरसरकारी संस्थाले दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गर्न वार्षिक करोडौं रुपैयाँ खर्चने गरेको छ ।

दुव्र्यसनको सबैभन्दा ठूलो मारमा काठमाडौं उपत्यकाका युवायुवती पर्ने गरेको गृह मन्त्रालयको अध्ययनले देखाएको छ । काठमाडौंमा लागूऔषध दुव्र्यसन र बिक्री वितरणको आरोपमा दैनिकजसो आधा दर्जन बढी युवायुवती पक्राउ पर्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments