काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रमण प्रयासको समाचार निराधार रहेको भन्दै खण्डन गरिएको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले आक्रमणबारे गलत हल्ला फैलाइएको बताउनुभएको हो । ‘त्यस्तो केही भएको छैन’ उहाँले भन्नुभयो, ‘ विप्लववालाहरुले निराधार हल्ला फैलाएका मात्र हुन् । त्यो गलत हल्ला हो ।’

विहीवार गृह जिल्ला चितवन जानुभएका अध्यक्ष दाहालमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन् ।

अध्यक्ष दाहाल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेकपामा आएकाहरुलाई प्रवेश गराउने कार्यक्रमको लागि चितवन जानुभएको हो ।

Comments