काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका गाडीमा पहुँचवालाकाे रजाइँ चलेकाे छ । आयोजनाका गाडीहरू आयोजनालाई फिर्ता नगरी पहुँचवालाले आफुसँगै लिएर जाने गरेका छन् । तत्कालिन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपनि मन्त्रीको हैसियतमा प्रयोग गर्दै आएको प्राडो गाडी आफुसँगै लिए त्यो गाडी महोत्तरीको जंगलमा बिग्रिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । यस्तै प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री सचिवालयलाई प्रयोग गर्न आवस्यक परेको भन्दै मेलम्ची आयोजनाको बा १ झ ८७ नम्बरको प्रोडो गाडी माग्यो ।

प्रधानमन्त्री कार्यलयका उच्च अधिकारीको ठाडो आदेशमा लगिएको गाडी अहिले को–कोले प्रयोग गरिरहेको छ भन्नेमा आयोजना नै बेखबर रहेको छ । राजनितिक र अन्य प्रभावका आधारमा मेलम्ची खानेपानी आयोजनाका गाडी दुरुपयोग गरिएका यी केहि उदाहरण हुन । आयोजनाले काठमाडौं उपत्यका बासीलाई मेलम्चीको पानी उउपलब्ध बनाउने भाका सार्दै आएपनि सरकारपिच्छेका मन्त्रीलाई गाडी उपलब्ध गराउन भने छाडेको छैन् ।

माग हुना साथ आयोजनाले ठाँउ ठाँउमा गाडी उपलब्ध गराउछ । खानेपानी तथा सरसफाई मन्त्रालयका एक सचिवले मेलम्चीका नाममा खरिद गरिएका गाडी दुरुपयोगको अवस्था हेर्दा यो पानी व्यवस्थापन गर्ने नभई पहुँचवालाई सवारी साधन उपलब्ध गराउने आयोजना जस्तो लागेको आजको नागरिक दैनिकमा खबर छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments