मेष राशि

आफन्तजनसँग मनमुटाव देखिएला आर्थिक संकटले मनमा चिन्ता पर्ला । काममा अवरोध आइपर्लान् । स्वास्थ्य क्षेत्रमा समस्या देखा पर्ला । धन हानी होला ।

वृष राशि

सुखसुविधाका वस्तुहरु लाभ होलान् । मन हर्षित रहला । विशिष्ट किसिमका कामको थालनी होलान् । विशिष्ट व्यक्तिको सेवा गर्ने अवसर मिल्ला धनसम्पत्तिको लाभ होलान् ।

मिथुन राशि

धनहानी भएपनि आर्थिक स्थिति राम्रो रहला । दिन सामान्य भएर बित्ला । विशिष्ट व्यक्तिसँग भेटघाट होला । आकस्मिक यात्रा होला ।

कर्कट राशि

धननाश होला । अपमान सहनु पर्ला । राज्यपक्षबाट भय रहला । पुत्र परिवारमा मतभेद होला ।

सिंह राशि

स्वास्थ्य राम्रो रहला । मनमा उत्साह थपिएला । व्याक्तिको सुख सहयोग प्राप्त होला । मानसम्मान मिल्ला आँटेका काम पूरा होलान् ।

कन्या राशि

मनोरञ्जन गर्ने अवसर मिल्ला । मित्रहरुबाट साथसहयोग रहला । मिष्ठान्न भोजन प्राप्त होला । पुराना मित्रहरुसँग भेट होला ।  धन वस्त्र आदिको लाभ होला ।

तुला राशि

मनमा उत्साह थपिएला आर्थिक आम्दानीमा विशिष्ट सहयोग प्राप्त होला । उद्योग व्यावसाय सफल होला । काम गर्ने जोश जाँगर बढ्ला ।

बृश्चिक राशि

अनावश्यक विवाद होला । मानसिक चिन्ता पर्ला । अपमान सहनु पर्ला । भोजन तथा निद्रामा असुविधा होला । शरीरमा रोगको भय रहला । पारिवारिक तथा शारीरिक समस्याले सताउला ।

धनु राशि

सामान्य रुपमा गरेका काम सफल होलान् । साथी तथा सहकर्मीको विशिष्ट सहयोग मिल्ला । धनलाभ होला । रहेका क्षेत्रमा सफलता मिल्ला । मन प्रसन्न रहला ।

मकर राशि

मानसिक असन्तोष रहला । टाउको तथा आँखाको समस्याले सताउला । दुर्घटनाको डर रहला । धन आम्दनी होला । मित्रजनबाट  धोका होला । पठनपाठनमा त्यति रुचि नरहला ।

कुम्भ राशि

उद्योग कार्य गर्ने जोश जाँगर आउला । मित्रजनको सुख मिल्ला । शत्रुहरुको नाश होलान् । धनु वस्त्र आदि लाभ होला ।

मीन राशि 

आम्दानी होला । दिन शुभ रहला । गरेका काम अपुरै रहला । पठनपाठनमा आलस्यता उत्पन्न होला । पारिवारिक समस्याबाट छुटकारा मिल्ला ।

Comments