मेष राशिः 

विपरीत लिङ्गीबाट सोचेको जस्तो सहयोग होला । सानो भए पनि लाभदायी यात्रा होला । व्यापार व्यवसायबाट सफलता मिल्ला । मन हर्षित होला ।

वृष राशिः

आर्थिक समस्याले सताउनाले तनाव व्यहोर्नु पर्ला । शारीरिक कष्ट होला । धन नाश होला । मनमा अशान्ति होला ।

मिथुन राशिः 

काम सफल हुँदै जाला । गरेका काम बन्नाले मन हर्षित होला । पठनपाठनमा रुचि जाग्ला । परिवारको साथ सहयोग प्राप्त होला ।

कर्कट राशिः 

विरोधी निष्क्रिय होलान् । उद्योगधन्दाबाट सफलता प्राप्त होला । मानसम्मान बढेर जाला । आर्थिक लाभका कामहरु होलान् ।

सिंह राशिः 

धनलाभ होला । व्यापार व्यवसायमा लाभ होला । मनमा उत्साह बढ्ला । शुभ समाचार सुन्न पाइएला । समयअनुकूल भएकाले काम सफल होलान् ।

कन्या राशिः 

स्वास्थ्यमा समस्या आउला । मन अशान्त होला । भोजन तथा निद्रामा समस्या होला । मानसिक चिन्ता पर्ला । परिवारका सदस्य सदस्यबीच मनमुटाव होला ।

तुला राशिः 

धनमाल, बस्तुहरु प्राप्त होलान् । अध्ययनमा रुचि होला । नाताकुटुम्बले साथसहयोग गरिदेलान् । सुअवसर प्राप्त होला । मनमा हर्ष   बढ्ला ।

बृश्चिक राशिः 

सामान्य धनलाभ होला । पठनपाठनमा रुचि होला । मन शान्त होला । कुटुम्ब तथा स्वजनसँग सुख मिल्ला । शुभ समाचार प्राप्त होला ।

धनु राशिः 

विशिष्ट व्यक्ति सेवा गर्ने अवसर मिल्दा । धन, मालबस्तु लाभ होला । स्वादिष्ट भोजन प्राप्त होला । व्यापार व्यवसायमा सफलता  प्राप्त होला । रमाइलो यात्रा होला ।

मकर राशिः 

स्वास्थ्यमा समस्या देखिएला । धन हानी होला । मानसिक तथा शारीरिक व्यवधान सहनुपर्ला । गरेका काममा बाधा अवरोध आउला ।

कुम्भ राशिः 

राज्यपक्षबाट सुख मिल्ला । सम्मान तथा सत्कार प्राप्त होलन । छोराछोरी वा आफूभन्दा सानाबाट सहयोग मिल्ला । भाग्योदय होला । मनमा हर्ष बढ्ला ।

मीन राशिः 

अन्न तथा बस्त्र लाभ होला । मित्रजनबाट सहयोग मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला । मन हर्षित होला । गरेका काम सफल रहनाले आशीर्वाद तथा शुभकामना प्राप्त होला ।

Comments