काठमाडौं । अवतरणको क्रममा चरा ठोक्किएपछि नेपाल वायुसेवा निगमको एअरबस ३ सय २०(नाइनएन–एकेडब्लू) जहाज ग्राउन्डेटड भएको छ। जहाज बिहीबार राति मलेसियाको राजधानी क्वालमपुरबाट १ सय ५८ यात्रु बोकेर आउँदै थियो।

नेपाली नाम सगरमाथा दिइएको उक्त ‘न्यारोबडी’ जहाज लगत्तै काठमाडौंबाट दुबईको उडान थियो तर उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १४३ यात्रुलाई शुक्रबार बिहान १० बजे निगमको अर्को विमानमा पठाइएको थियो। निगमको प्राविधिक स्रोतका अनुसार जहाजमा एउटा मात्र नभई चराहरूको बथान नै ठोक्किएको आशंक गरिएको छ। अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

तर कुन प्रजातिको चरा हो भन्नेबारे पहिचान खुलेको छैन। शुक्रबार विमान प्राविधिकहरूले जहाजको निरीक्षण गर्दा ल्याण्डिङ गियर, इन्जिन(भित्र\बाहिर), फ्याप आदिमा चरा ठोक्किएको निशान देखेको बताए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments