त्रिभुवन राजपथस्थित भैसेमा बुधवार भएको निजी कार दुर्घटनामा  आमा छोरीको ज्यान गएको छ भने ३  घाइते भएका छन् । काठमाण्डौंबाट विराटनगरतर्फ गइईरहेका बा ९ च ४४४८ नम्वरको कार दुर्घटनामा मोरङ विर्ता निवासी ४० वर्षीया तारा श्रेष्ठ र ११ वर्षीया पुजा श्रेष्ठको मृ्त्यु भएको हो ।

 हेटौंडाबाट ६ किलोमिटर को दुरीमा रहेको भैसे गाविस ७ वाघझोडा नजिक पुगेपछि तिब्र गतिमा रहेको कार दुर्घटनामा परेको हो |  दुर्घटनामा घाइते हुनेमा ४९ वर्षीय भक्तवहादुर श्रेष्ठ, १५ वर्षीया प्रिया श्रेष्ठ र ११ वर्षीया प्रियन्का श्रेष्ठ घाइते भएका छन् । उनीहरुको उपचार भरतपुर मेडिकल कलेजमा भइरहेको छ । घाइते सबै जनालाई उपचारका निम्ति भरतपुर लगिएकोमा दुई जनाको उपचारकै क्रममा निधन भएको प्रहरी ले जनाएको छ |  दुर्घटनास्थल हेटौडावाट ६ किमीको दुरीमा छ ।

Comments