काठमाडौँ । सरकारले फेरि लगानी सम्मेलन गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाका अनुसार लगानी सम्मेलनको तयारी भइरहेको छ । ‘हामी लगानी सम्मेलन गर्दै छौं,’ आर्थिक पत्रकार समाज (सेजन) को बुधबार आयोजित वार्षिक साधारणसभालाई सम्बोधन गर्दै खतिवडाले भने ।

उक्त सम्मेलन पूर्वाधार तथा औद्योगिकसहित जुनसुकै क्षेत्र केन्द्रित हुने बताए । दुई वर्षअघि पनि सरकारले लगानी सम्मेलन गरेको थियो । सम्मेलनमा १४ खर्ब रुपैयाँको प्रतिबद्धता आए पनि वास्तविक लगानीमा हालसम्म परिणत हुन सकेको छैन । उद्योग मन्त्रालय, लगानी बोर्डले लगानी सम्मेलन गरेको थियो । तर, त्यसको उपलब्धि हालसम्म देखिएको छैन । ‘विगतमा भएका लगानी सम्मेलनको समीक्षा पनि गर्दै छौं,’ उनले भने, ‘र, त्यस आधारबाट लगानी भित्र्याउन लगानी बोर्डको संरचना परिवर्तनदेखि सम्पूर्ण लगानीको स्वीकृतिका लागि छिटो निर्णय गर्ने गरी हामी अघि बढेका छौं ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments