काठमाडौं । नेपाली हिन्दुवर्गका चाडपर्वहरु भित्रिइरहेका छन् । जनैपूर्णिमा तथा रक्षा बन्धनको सपामन पछि अब कृष्णाष्टमी, बुवाको मुख हेर्ने दिन, हरितालिका तीज संघारमा छन् । ती पर्व सकिएसंगै फेरी दशैं-तिहारको आगमन हुन्छ भने त्यसपछि विवाहको मौसम सुरु हुन्छ ।

चाडपर्व तथा विवाहको मौसमको लागि पहिरनमा विशेष ध्यान दिने चलन छ । बढ्दो महंगी र फेशनले गर्दा पहिरन मिलाउनु धेरैको लागि तनावको विषय हुनेगर्छ । तर लुगालाई मिक्स म्याच गरेर लगाउन सकियो भने त्यो तनाव केही हदसम्म कम हुनसक्छ । मिक्स म्याच भन्ने एउटा लुगालाई अर्को संग मिलाएर लगाउनु हो । यसो गर्दा पूरानो लुगालाई नयाँ रुप दिन सकिन्छ ।

मिक्स म्याच गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ । एउटा लुगामा जुन रंगहरु छन्, तिनै रंग मध्येको लुगासंग म्याच गर्दा राम्रो देखिन्छ । गोल्डेन वर्क भएको लुगालाई सिल्भर वर्क भएको लुगासंग म्याच गर्नु हुँदैन । एउटा लुगा बुट्टा भएको छ भने, त्यसलाई बुट्टा भएकै लुगा संग मिलाउनु राम्रो देखिदैन । बुट्टा भएको लुगालाई बुट्टा नभएको लुगासंग म्याच गराउनुपर्छ । लुगा म्याच गर्दा गहनाहरु पनि मिलाएर लगाउँदा अझ राम्रो देखिन्छ ।

Source :

Comments