तेहरान । इरान–इराक सीमानजिक आइतबार बिहानै ६ रेक्टरको गएको छ । भूकम्पबाट २ जनाको मृत्यु भएको छ । हुनुका साथै २ सय जना भन्दा बढी घाइते भएका छन् ।

अमेरिकी भूगर्भीय सर्भेका अनुसार, भूकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जभानरुड सहरबाट २६ किलोमिटर पश्चिततर्फ थियो । गत वर्ष यही स्थानमा गएको शक्तिशाली भूकम्पबाट सयौंको ज्यान गएको थियो । कर्मान्शाह विश्वविद्यालय शिक्षण अस्पतालको आपतकालीन विभागका प्रमुख साइब शारिदारीले २ जनाको मृत्यु भएको र २४१ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक छ ।

रेड क्रिसेन्टका प्रान्तीय प्रमुख मोहम्मद रेजा अमिरियानले भूकम्पका कम्तीमा २१ वटा परकम्प महसुस गरिएको जानकारी दिनुभयो । उहाँले गाउँमा पूर्वाधारमा व्यापक क्षति पुगेकाले खानेपानीको गम्भीर समस्या देखिएको, तर खाद्यान्न र टेन्टहरु भने वितरण गर्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो ।

कर्मान्शाहका गभर्नर हाउशाङ बाजभान्डले भूकम्प गएपछि धेरै गाउँमा अस्थायी रुपमा विद्युतसेवा कटौती गर्नुपरेको जानकारी दिनुभयो । उहाँले आपतकालीन केन्द्रहरु खोलिएको, र अस्पताल तथा राहत संस्थाहरुलाई सावधानी अपनाउन भनिएको बताउनुभयो । गत वर्ष नोभेम्बरमा यही क्षेत्रमा ७दशमलव३ म्याग्नीच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परेर कर्मान्शाह प्रान्तमा मात्र ६ सय २० जनाको मृत्यु भएको थियो ।

Comments