संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश रामप्रसाद साहको सुनुवाई भोली गर्ने भएको छ ।

समितिको आज बिहान बसेको बैठकले साहको सुनुवाई भोलि गर्ने निर्णय गरेको हो । यसअघि गत शुक्रवारै साहको सुनुवाईको मिति तोकिएको पनि पूर्वमन्त्री सिद्धराज ओझाको निधनका कारण सुनुवाइ स्थगित भएको थियो । शाहका विरुद्धमा जम्मा दुई वटा सामान्य उजुरी परेका छन् । वर्तमान प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले असोज २३ गते उमेर हदका कारण अनिवार्य अवकास पाउँदैहुनुहुन्छ ।

गएको भदौ २७ गते संवैधानिक परिषद्ले साहलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

Comments