नेपाल खाद्य संस्थानले दसैंमा बेच्ने खसीबोकाको मूल्य प्रतिकिलो चार सय ६ देखि चार सय २५ रुपैयासम्म निर्धारण गरेको छ ।

यो मूल्य पोहोरको तुलनामा सातदेखि १० प्रतिशतसम्म बढी हो । पोहोर २० किलोसम्मको जिउदो खसी प्रतिकिलो तीन सय ७० रुपैयाँको दरमा बेचेको संस्थानले यसपालि चार सय ६ रुपैयाँ प्रतिकिलो मूल्य तोकेको छ । २० देखि ३० किलोसम्मको चार सय १८ रुपैयाँ तोकिएको छ । पोहोर २० देखि २५ किलोसम्मको मूल्य प्रतिकिलो तीन सय ८५ रुपैयाँ थियो । संस्थानले बेच्ने खसीबोकाको मूल्य पोहोर जस्तै हुने हुने बताइए पनि आयात गर्दाको ढुवानी खर्च जोडेर बेच्दा केही बढेको संस्थानले जनाएको छ ।

घटस्थापनाको दिनदेखि नै बिक्री थाल्ने भनिए पनि संकलन गर्न ढिलो भएकाले बिक्री पनि ढिलै सुरु भएको छ । संस्थानले यस वर्ष तीन हजार चार सय खसीबोका बेच्ने तयारी गरेको छ । संस्थानका अनुसार यस वर्ष बाँके, सुर्खेत, लहान, उदयपुर सिरहा, जनकपुर वीरगन्जलगायत स्थानबाट खसीबोका ल्याइँदै छ ।

Comments