वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानका पूर्व अध्यक्ष पाउल मानाफोर्टले साक्षीहरूलाई प्रभावित तुल्याउन खोजेको आरोपमा नजरबन्दमा राख्न संघीय अदालतले आदेश दिएको छ ।

वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश बर्मन ज्याकसनले मानाफोर्टलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उहाँ अलेक्सान्ड्रिया, भर्जिनीयामा रहेको आफ्नो निवासमा नजरबन्दमा रहनुपर्ने भएको हो।

यो मुद्दामा क्षति भनेको न्याय प्रशासनमा क्षति हो र सम्पूर्ण न्याय प्रणालीको सदाचार्यतामा नै क्षति हो, ज्याकसनले मानाफोर्टलाई उद्धृत गर्दै बताउनुभयो । ज्याकसनले भन्नुभयो, ‘यो विद्यालय होइन । म उहाँको मोबाइल फोन लिन सक्दिन । मैले यसबारे धेरै पहिले सोचेको थिए । मानाफोर्ट म यस्तो बिषयमा मन पर्दैन ।’

सम्पति शुद्धिकरण तथा कर छलीको आरोपमा अनुसन्दानको दायरामा रहेका मानाफोर्टमाथि ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेपका बिषयमा समेत दोषी भएको आरोप लगाइने गरिन्छ ।

मानाफोर्टमाथि विभिन्न सात फौजदारी आरोपका मुद्दा डि सीको संघीय अदालतमा दायर भएका छन् । राष्ट्रपति ट्रम्पले मानाफोर्टमाथि लगाइएका आरोप अनुचित आरोप मात्र भएका प्रतिक्रिया दिनुभएको छ । एएनआई

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments