मेलबर्न । एरोस्पेस इञ्जिनियरिङ्ग विषय इञ्जिनियरिङ्ग पढ्न चाहाने विद्यार्थीहरुको लागि राम्रो विकल्प हुन सक्छ । यसमा एरोस्पेस डिजाईन, विश्लेषण लगायत हाडवेयर र सफ्टवेयर दुवै पढाइन्छ ।

स्नातकमा एरोएस्पेस इञ्जिनियरिङ्ग पाँच वर्षे फुल टाइम कोर्स हो। १२ सकेका तर कम्तिमा ७० प्रतिशत ल्याएका विद्यार्थीहरुले यो विषय पढ्न पाउँछन् । आइएलटिएसमा कम्तिमा ६.५ ल्याएको हुनुपर्छ । गणित विषयमा दक्ष हुनु जरुरि छ । यसको लागि पढाइ शुल्क वार्षिक २४,५५९ डलर लाग्छ ।

इञ्जिनियरिङ्ग अन्तर्गत पनि कम विद्यार्थीहरुले पढ्न चाहने र एरोस्पेस विस्तारै फैलिदै गएको क्षेत्र भएकोले अष्ट्रेलियामा मात्र नभएर सबैजसो मुलुकमा यसमा राम्रो करियरको अवसर रहेको छ ।

यस कोर्स अन्तर्गत निम्न विषयहरुलाई समावेश गरिएको हुन्छ :
– इञ्जिनियरिङ्ग डिजाइन
– इञ्जिनियरिङ्ग प्राक्टिस
– इञ्जिनियरिङ्ग प्रोफेसनल डेभलपमेन्ट
– इञ्जिनियरिङ्ग साइन्सेज
– बिजनेस

यो जानकारी आरएमआइटि युनिभर्सिटीलाई आधार बनाएर तयार गरिएको हो। युनिभर्सिटी अनुसार केही कुराहरु फरक हुन सक्छन् । युनिभर्सिटी अफ न्यु साउथ व्हेल्स, युनिभर्सिटी अफ सिड्नी, एडिथ क्वान युनिभर्सिटी, युनिभर्सिटी अफ क्विन्सल्याण्ड, मोनाश युनिभर्सिटी , आदि युनिभर्सिटीमा यो विषय पढाइ हुन्छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments