काठमाडौं । अान्तरिक तर्फकाे हवाइ भाडा बढ्ने भएकाे छ । हवाई इन्धनको भाउ बढेसँगै वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको छ ।

नयाँ भाडादरअनुसार काठमाडौं – धनगढी १२ हजार ८ सय ७० हुने भएको छ । यसअघि यो रुटको भाडा १२ हजार ६ सय ५० रुपैयाँ रहेको थियो ।

त्यस्तै माउन्टेन फ्लाइटको भाडा १ सय ७० रुपैयाँ बढ्ने भएको छ । यसअघि ११ हजार ३ सय रहेकोकाे थियाे साे मूल्य बढेर अब ११ हजार ४ सय ७० कायम हुने भएको छ ।

त्यस्तै नेपालगंज – काठमाडौंको भाडा १ सय ६५ रुपैयाँ बढ्ने भएको छ । पोखराको भाडामा ८० रुपैयाँ थप इन्धन शुल्क लाग्नेछ भने भैरहवासम्मको भाडामा १ सय रुपैयाँ वृद्धि हुने संघले जनाएकाे छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments