मेलबर्न । आवेगमा गरिने आत्महत्या बाहेक मानिसले लामो योजनाका साथ मृत्युलाई अङ्गाल्न सक्दैन । तर अष्ट्रेलियाका एक वैज्ञानिकले भने इच्छा-मृत्यु वरण गर्ने योजनामा अगाडी बढेका छन् ।

इकोलोजीका प्रख्यात वैज्ञानिक डेभिड गुडाल १०४ वर्षका भए । उनले आफूले जीवनमा धेरै कुराको अनुभव हासिल गरिसकेको र अब बाँच्न अप्ठ्यारो हुन लागेको हुनाले मृत्यु वरण गर्न चाहेको बताएका छन् ।

अष्ट्रेलियामा आगामी २०१९ जुन देखि मात्र इच्छा मृत्यु सम्बन्धि कानुन लागु हुनेछ । त्यसपछि पनि अष्ट्रेलियामा आफ्नो इच्छा अनुसार मर्नको लागि गम्भीर रोगको बिरामी हुनुपर्ने हुनाले, उनले अष्ट्रेलियामै आफ्नो इच्छा अनुसार देह त्याग गर्न सक्ने छैनन् । गुडाललाई कुनै रोग लागेको छैन । त्यसैले उनी इच्छा मृत्यु वरणको लागि स्विजरल्याण्ड जाँदै छन् । उनले मर्नु अगाडी फ्रान्समा रहने आफ्नो परिवारलाई भेट्ने बताएका छन् ।

१०४ औं जन्मदिन मनाउंदै गर्दा वैज्ञानिक डेभिड गुडालले लेखेका थिए ‘मैले यो उमेरसम्म पुग्दा धेरै दुख: भोगेँ, त्यसैले खुसी छैन, म मर्न चाहन्छु। यो दु:खको कुरा होइन। दु:ख त्यतिबेला हुनेछ, जतिबेला मलाई कसैले इच्छा मृत्युबाट रोक्ने प्रयास गर्नेछन् मलाई विश्वास छ कि। मजस्तै वृद्धवृद्धाहरुले आत्महत्याको अधिकार पाउनुपर्छ।’

मृत्यु वरण गर्न जान लागेको उनी आफ्नो अन्तिम यात्रामा साथी क्यारोल अोनिल संग यात्रा गर्दैछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments