काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १२९ औं मई दिवसको अवसरमा नेपाल र विश्वका मजदुरहरुसँग जुझारु ऐक्यवद्धता प्रकट गर्नुभएको छ ।

‘नेपाली जनताको मुक्तिकामी आन्दोलनमा श्रमिक वर्गको त्याग, तपश्या र बलिदानप्रति हाम्रो पार्टी हार्दिक कृतज्ञता अर्पण गर्दछ’ अध्यक्ष दाहालले शुभकामनामा भन्नु भएको छ, ‘ मे १ सन् १८८६ मा आठ घण्टाको कार्य दिवससहित अमेरिकी मजदुरहरुले शिकागो सहरमा गरेको संघर्षको स्मरण स्वरुप विश्वभरका मजदुरहरुले आजको दिनलाई मई दिवसका रुपमा मनाउँदै आएका छन् । अमेरिकी श्रमिकहरुको यही संघर्ष नै पेशागत हक, हित र सुरक्षाका लागि विश्वका मजदुरहरुको प्रेरणास्रोत बन्यो ।’

अध्यक्ष दाहालले राजनीतिक स्थिरता र मुलुकको समृद्धिको लागि कम्युनिष्टहरु एकता अपरिहार्य आवश्यकता बनेको छ उल्लेख गर्नुभएको छ । ‘अग्रगामी कम्युनिष्टहरुबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिन्छ’ उहाँको शुभकामनामा उल्लेख छ, ‘त्यसका लागि समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो । संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदुर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदुरहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments