काठमाडाैँ । आधा सताव्दीसम्म बलिउडको दबदबाबाट प्रताडित भयो, नेपाली फिल्म। उताका फिल्म कपी गर्दै यताका बनाइन्थ्यो, थोरै तलमाथि थपथाप गरेर।

सोही कारण स्वदेशी फिल्मको स्वतन्त्र र मौलिक छवि बन्ने सकेन। पछिल्लो केही वर्षयताचाहिँ हिन्दी फिल्मको ‘ह्याङ’ भन्दा माथि उठ्ने प्रयत्न जारी छ।

आफ्नै परिवेशको कथा र पात्र रोज्न थालिएको छ। तर कहिलेकाहीँ यस्ता फिल्म पनि प्रदर्शन हुन्छन्, जुन विदेशी फिल्मबाट पूरापूर चोरिएको हुन्छ। कोहलपुर एक्सप्रेस यस्तै ज्वलन्त उदाहरण हो।

यो सन् २००५ मा प्रदर्शित तमिल फिल्म मुम्बई एक्सप्रेस (यही नाममा हिन्दी भाषामा पनि बनाइएको छ) को हुबहु कपी भएको खबर आजको नेपाल म्यागेजिनमा समाचार छ।

अझ मन कुँडिने सत्य यो फिल्मकी निर्मात्री स्नातकोत्तर हिरोइन केकी अधिकारी हुन्। अनि, अभिनय गरेका छन्, केकीजस्तै बुझक्कड भनिएका अन्य दुई अभिनेत्री ऋचा शर्मा र प्रियंका कार्कीले।

तर, चोरीको अपजसको मुख्य भागिदारचाहिँ पटकथाकार शान बस्न्यात र निर्देशक विशाल भण्डारी हुन्।

फिल्म बौद्धिक सम्पत्ति हो। बौद्धिक सम्पत्ति चोर्नु अनैतिक मात्र होइन, अपराध नै मानिन्छ। हल्काफुल्का प्रभावित हुनु अलग कुरा हो। तर बिनाअनुमति हुबहु उतार्नु अपराध हो।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments