काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभाले सल्लाहकार समितिले संशोधनसहित तयार पारेको विधान हुबहु पारित गरेको छ । यससँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नका लागि वातावरण बनेको छ ।

आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान संशोधन मस्यौदा तयार पारेको थियो । सो विधान जस्ताको तस्तै पारित गरे क्यानमाथिको प्रतिबन्ध हटाउन सकिने आईसीसीका प्रतिनिधिले बताउँदै आएका थिए । क्यानमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले २ वर्षअघि निलम्बन गरेको थियो ।

राजधानीमा आजबाट शुरु भएको साधारणसभा शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । साधारणसभामा आईसीसीका प्रतिनिधि पनि सहभागी छन् ।

यससँगै आगामी जुलाईमा बस्ने आईसीसीको बोर्ड बैठकले नेपालमाथिको प्रतिबन्ध हटाउन सक्नेछ ।

Comments