काठमाडौं । नायिका केकी अधिकारिले निर्माण गरेको फिल्म कोहलपुर् एक्सप्रेसको ट्रेलर सार्वजनिक भएको छ। बुधबार एक कार्यक्रमक बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो।

ट्रेलर सार्वजनिक भएको एक दिन पछि नै अहिले युट्युब ट्रेन्डीङ्गमा आएको छ। धेरैले यस फिल्मको ट्रेलरलाई मन पराएका छन् र फिल्म राम्रो हुने अपेक्षा सहित केकीलाई शुभकामना दिएका छन् ।

हाँस्यप्रधान भनिएको यस फिल्ममा केकी संगै प्रियंका कार्की, ऋचा शर्मा, रविन्द्र झा, बुद्धि तामाङ, बिनोद न्यौपाने, बिनोद पौडेल, कुशग्र भट्टराई लगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्म वैशाख १४ मा रिलिज हुनेछ ।

Comments