काठमाडौं । तपाईंका स्कुल–कलेज जाने उमेरका छोराछोरी एकान्तमा बस्न रुचाउँछन् ? उनीहरु फरक गतिविधि गर्न देखाउन थालेका छन् ? यस्ता समस्या देखिन थालेका छन् भने समयमै ध्यान दिनुहोस्! तपाईंका छोराछोरी डिपे्रसनमा पनि परिसकेका हुन सक्छन्। अाजकाे नागरिक दैनिकमा खबर छ ।

स्कुल–कलेजका किशोरकिशोरीमा डिपे्रसन बढेपछि कतिपय उपचारमा पुगेका छन् भने कतिपय आत्महत्या प्रयास वा आफैंलाई हानि गर्ने क्रियाकलापमा लाग्ने गरेको पाइएको छ । त्यस्ता किशोरकिशोरी मनोवैज्ञानिक परामर्शकर्ताकहाँ पुगेका छन्। सिएमसी (मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र) ले विभिन्न तीन जिल्लामा दिइएको ‘एकद्वारा संकट प्रणाली सेवा कार्यक्रम’मार्फत ११ वर्षमाथि र १८ वर्षमुनिका उमेर समूहमा यस्तो समस्या बढी पाइएको हो।

एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजकी मनोविद् शर्मिला महर्जनले वर्षमा ३५ वटा गम्भीर डिपे्रसनका बिरामीलाई परामर्श दिँदै आएकी छन्। अर्की मनोविद् कुरुणा कुँवरसँग वर्षमा कम्तीमा १२ जना गम्भीर डिपे्रसनमा परेका किशोकिशोरी परामर्शका लागि पुगेका छन्। त्रिवि शिक्षण अस्पतालमा पुग्ने बिरामीमध्ये मासिक २ जना किशोरकिशोरी आत्महत्या प्रयासबाट बचेका हुने गरेका छन्।

नेपाल प्रहरीका अनुसार देशभर चालू आर्थिक वर्षमा एक सय ६२ जना बालबालिकाले आत्महत्या गरेका छन्। तीमध्ये ७१ बालिका र ६२ बालक छन्।

गत वर्ष ३ सय ४ जना बालबालिकाले आत्महत्या गरेको तथ्यांकमा देखन्छि। तीमध्ये १ सय ८५ बालिका र १ सय १९ बालक छन्। यो उमेर समूहभित्र १६ वर्षमुनिका किशोरकिशोरी पनि पर्छन्। १६ वर्षमाथिकाको आत्महत्या तथ्यांक अन्य समूहमै समावेश हुने गरेका कारण किशोरकिशोरीको आत्महत्याको संख्या थप हुन सक्ने प्रहरीको अनुमान छ।

डिप्रेसनकै शिकार एक युवाको कथाव्यथा यस्तो छ– कक्षा १२ दोहो¥याएर पढ्दै गरेका १९ वर्षीय राजु शर्मा (नाम परिवर्तन) को व्यवहारमा एक्कासि परिवर्तन आउन थाल्यो। उनी कोठा थुनेर एक्लै बसिरहने, मोटरसाइकल तेज गतिमा चलाउने, लगातार तीनचार खिल्ली चुरोट पिउने गर्थे। तीव्र गतिमा मोटरसाइकल चलाएकै बेला उनी दुर्घटनामा परे। उनको खुट्टा भाँच्चियो। उनलाई भेट्न पुगेका आफन्त र साथीलाई उनले दिएको जबाफ थियो– म मर्न चाहन्थें । दिनदिनै फेसबुक हेरिराखेको छु, फेसबुकमा मलाई कसैले लाइक हान्दैन।

उनका यी कुरा सुनेपछि उनका साथीहरूले उनलाई मानसिक परामर्श लिन सुझाए। त्यसपछि डेढ महिनाअघि उनी साथीमार्फत मनोविद् शर्मिला महर्जनको सम्पर्कमा पुगे।

मनोविद् महर्जनका अनुसार सामाजिक सञ्जाल र किशोर अवस्थामा आउने समस्या सम्बोधन गर्न नसक्दा शर्मा डिपे्रसनमा पुगेका हुन्। सामाजिक सञ्जालमा अरु साथीको जस्तो स्थान नपाएको हीनताबोधले उनमा डिपे्रसनको समस्या आएको देखियो।

डेढ वर्षअघि कोटेश्वरकी ११ वर्षीया पुनम केसी (नाम परिवर्तन) की एक साथीले कम्प्युटर प्रोग्रामको प्रयोग गरी उनकै फोटो जस्तै बनाएर नक्कली तस्बिर फेसबुकमा पोस्ट गरिदिए। सो घटनाले उनी गम्भीर समस्यामा परिन्। अभिभावकले पनि अनेक लाञ्छाना लगाउन थालेपछि उनी डिपे्रसनको सिकार हुन पुगिन् र आफ्नो शरीरका विभिन्न भागलाई हतियारले काटिन्। दुई दिन अस्पतालमा उपचार गरेपछि उनी शारीरिक हिसाबले निको त भइन् तर सामान्य मानसिक अवस्थामा आउन सकिनन्।

अनि उनी मनोविद् करुणा कुँवरको सम्पर्कमा पुगिन् । लामो समयको परामर्शपछि उनी सामान्य अवस्थामा फर्केकी छन्।

यी दुई किशोरकिशोरी त सामाजिक सञ्जालका कारणले गम्भीर डिपे्रसनमा पुगेका हुन्। यसैगरी समाजमा थुपै्र किशोरकिशोरी अनेक कारणले डिपे्रसनमा परेको मनोविद्हरू बताउँछन्। मनोविद्हरुका अनुसार बदलिँदो सामाजिक परिवेश, पारिवारिक विखण्डन, सामाजिक सञ्जालको प्रभाव, व्यक्ति स्वयंको कमजोर क्षमताका कारण उनीहरु डिपे्रसनमा पर्ने गरेका हुन्। ‘सामाजिक सञ्जालका पोस्टहरुले व्यक्तिमा हीनताबोध उत्पन्न हुने र दृश्य एकहोरो बनाउँदा किशोरकिशारीहरु डिपे्रसनमा पुगेको देखिन्छ,’ मनोविद् महर्जनले भनिन्।

सामाजिक सञ्जालबाट गलत सम्पर्कमा पुग्ने र त्यसबाट जन्मिएका परिणाम सहन नसकेर किशोरीहरु डिपे्रसनमा पुग्ने कुँवरले बताइन्। साथीहरुले ख्यालख्यालमै कम्प्युटरका विभिन्न प्रोग्राम प्रयोग गरी सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरिदिने गरेका कारण किशोरीहरु पछिल्लो समय आत्महत्याको प्रयाससम्म पुग्ने गरेको कुँवर बताउँछिन्। उनी भन्छिन्, ‘पे्रम असफल, पे्रम छुटेको भनेर भनिन्छ, आन्तरिक रुपमा समााजिक सञ्जालले बनेका सम्बन्धहरुकै कारण संकटमा पुगेपछि आफैंलाई मार्ने प्रकृतिका गतिविधि गरेको देखिन्छ।’

समाजमा किशोरको तुलनामा किशोरी बढी मात्रामा डिपे्रसनमा पुग्ने गरेको त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डा. सरोज ओझा बताउँछन्। उनका अनुसार पछिल्लो समय कशोरीहरु यौनहिंसा, घरेलु हिंसा, असुरक्षा, यौनशोषणमा पर्ने र यसको दबाब झेल्न नसकेर डिपे्रसनमा पुग्छन्। समयमै उपचार नुहँदा आत्महत्याको प्रयाससम्म पुग्ने गरेका छन्। ‘किशोरीहरुलाई आफ्ना समस्या सेयर गर्ने ठाउँ हुँदैन, कसैले हात काट्छन्, कसैले विष पिउँछन्,’ डा.ओझाले भने।

मनोविद् कुँवरका अनुसार परिवारमा बेमेल र परिवारिक विखण्डन, व्यस्त अभिभावकले आफ्ना नानीहरुको कुरा नसुन्दा किशोकिशोरी डिपे्रसनमा पुगेका छन्। उनी भन्छिन्, ‘ओखलढुंगा र सिन्धुलीका प्रायः किशोरीहरु आमाले छोडेका कारण कमजोर अभिभावकत्वमा परेको देखिन्छ।’ उनका अनुसार त्यस्ता नानीहरु कसैको मीठो बोलीको प्रलोभनमा परेर हिंसामा पुग्छन्। त्यसको परिणाम डिपे्रसन र आत्महत्यासम्म पुग्छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments