बीरगंज । समाजिक संजालहरु बाट ठगी गर्ने थप तिन जनालाई आज जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरि सार्वजनिक गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलनगरि जिल्ला पर्सा बहुदरामाई नगरपालिका वार्ड नम्बर २ सिसियाडी निवासी २१ वर्षिय राजकुमार यादव ,बाराको परवानीपुर गाउपालिका २ रामपुर टोकनी निवासी २५ वर्षिय अशोक यादव र भारत बिहार पूर्वीचम्पारण जिल्ला रमगढवा निवासी २२ वर्षिय नौसाद आलमलाई प्रहरीले सार्वजनिक गरेको हो

। पक्राउ परेकाहरुले वाटसप, फेसबुक, भाइवर आइएमओ लगायतका सामाजिक संजालबाट लट्री परेको भन्दै ठगी गरेको १ लाख ४७ हजार रकम समेत बरामद भएको प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले बताउनु भयो ।

एक महिनाभित्र सामाजिक संजालबाट ठगी गर्ने बीरगन्जबाट मात्रै ८ भारतीसहित २० जना पक्राउ परेका छन् । प्रहरीले इमेल तथा समाजिक संजालमा यस्ता ठगीबाट जोगिन आग्रह सहित जानकारी निरंतर प्रसारित गर्दै आएपनि ठगी नरोकिएको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments