एजेन्सी । मिठाई खाएको १ घण्टापछि एक बालकको गत सेप्टेम्बरमा मृत्यु भएको थियो। भारतीय मुलका ११ वर्षीय आरोनको बेलायतमा गत सेप्टेम्बरमा मृत्यु भएको हो।

आरोनको मृत्युपछि, उनको मृत्युको कारण मिठाई भएको भन्दै उनको परिवारले अदालतमा मुद्दा दर्ता गरेको छ। जसमा अदालतले पनि मिठाईका कारण आरोनको मृत्यु भएको ठहर गरेको छ र अनुसन्धानको थप प्रक्रिया अगाडी बढाएको छ।

आरोनलाई बदामको एलर्जी थियो। त्यसैले उनको परिवारले उनलाई बदाम मिसिएको खानेकुरा खान दिंदैनथ्यो । दीपावलीमा घरमा ल्याइएको मिठाइ खाएको एकछिनपछि आरोन घाँटीमा समस्या भएको भन्दै चिच्याउदै उफ्रेर घर वरपर दौडिन थाले। आरोनको परिवारलाई उनलाई थाम्न नै मुस्किल पर्यो। त्यसको १ घण्टापछि उनको निधन भयो ।

आरोनकी आमाका अनुसार, उनीहरु आरोनको कुनै पनि खानेकुरामा बदाम नामिसियस् भनेर सतर्क रहन्थे तर त्यो मिठाईको डब्बामा भने मिठाईमा मिसिएका पदार्थहरु बारे लेखिएको थिएन, जसले गर्दा आरोनकी आमाले उनलाई सेतो रंगको मिठाई खान दिएकी थिइन् ।

तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments