बेइजिङ । चीनले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । प्रधानमन्त्री लि खछ्याङ्ले मंगलबार नयाँ रोजगारी बारे जानकारी गराउनु भएको हो ।

प्रधानमन्त्री खछ्याङ्का अनुसार शुरुमा १ करोड १० लाखलाई रोजगारी दिइनेछ र त्यसको केही महिनाम थप २० लाखले रोजगारी पाउने छन् ।खछ्याङ्ले ५ वर्षमा ६ करोड ६० लाख नयाँ रोजगारी सिर्जना हुने जानकारी गराउनुभयो ।

प्रधानमन्त्री खछ्याङका अनुसार त्यस मध्ये ३० लाख गाउँबाट शहरमा आएकाहरुले रोजगारी पाउनेछन् । चीनमा ग्रामीण क्षेत्रबाट रोजगारीका लागि शहर आएका आप्रवासी कामदारकोे संख्या २८ करोड छ ।

उनीहरुले चिनियाँ सहरी क्षेत्रमा आवश्यक कामदारहरुको खाँचो टार्नेमात्र नभएर देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याएको अनुमान सरकारको छ । आप्रवासी कामदारको माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र त्यसका लागि काम गरिरहेको जानकारी उहाँले दिनुभयो ।

प्रधानमन्त्री खछ्याङ्ले यसवर्ष कलेजका करिब ८२ लाख विद्यार्थी पनि रोजगारीका लागि शहर प्रवेश गर्ने अनुमान गरिएको जानकारी दिनुभयो । सिन्ह्वा

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments