मेलबर्न। अष्ट्रेलिया सरकारले अब नयाँ भिसा ल्याउने भएको छ । ४५७ भिसाको ठाउँमा मध्यम र कम दक्षको भिसा पछि अब उच्च दक्ष भिसा आउन लागेको हो।

गोल्बल ट्यालेन्ट स्किम अन्तर्गत को यस भिसामा कम्पनीहरुले विभिन्न देशका उच्च दक्ष कामदारहरुलाई स्पोन्सर गरेर ल्याउन सक्नेछन्। ती कम्पनीले उनीहरुलाई वर्षको १ लाख ८० हजार डलर भन्दा माथी तलब दिनुपर्नेछ। यसको साथै यो भिसामा आउनेहरुले आकर्षक पद पनि पाउनेछन्। यो भिसा अन्तर्गत कामदार ल्याउने कम्पनीले वर्षको ४ मिलियन डलरको कारोबार गरेको हुनुपर्नेछ ।

यस भिसामा विदेशीहरुलाई ल्याउने कम्पनीले अष्ट्रेलियनलाई प्राथमिकता दिएको तर अष्ट्रेलियनबाट पद पूर्ति हुन नसक्ने भएकोले विदेशी ल्याएको हुनुपर्ने बताइएको छ।

यो भिसा स्किम आगामी जुलाई देखी सुरु हुनेछ र परिक्षण अवधिको रुपमा १ वर्षसम्म लागु हुनेछ। त्यो १ वर्षको नतिजा अनुसार सरकारले फेरी निर्णय लिने बताइएको छ।

स्रोत : डेली मेल

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments