काठमाडौं । नेपाल नेदरल्याण्ड्ससँग खेल्दै– जिम्बावेमा जारी आईसिसी विश्वकप छनोटको सातौं स्थानका लागि शनिबार नेपालले नेदरल्याण्ड्सको सामना गर्दै छ ।

एकदिवशीय मान्यता पाएपछि उत्साहित नेपाली टोलीले प्रतियोगितामा खराव लयमा रहेको नेदरल्याण्ड्ससँग सातौँ स्थानका लागि खेल्न लागेको हो ।

बिहीबार पपुवा न्यूगिनीबिरुद्ध ६ विकेटको जित दर्ता गरेपछि नेदरल्याण्ड्सले हङकङलाई हराएसँगै नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।

यता नेदरल्याण्ड्सले सुपरसिक्समा पुग्ने सपना तुहिएपछि सातौँ स्थानका लागि खेल्नु परेको हो ।

Comments