काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीले आफ्नो पार्टी एमाले र माओवादी केन्द्रका गरी ११ जना नेतालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मन्त्रिपरिषदमा एमालेबाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, रघुवीर महासेठ, जगत विश्वकर्मा र शेरबहादुर तामाङ मन्त्री बनेका छन् ।

ज्ञवालीलाई परराष्ट्र, विष्टलाई श्रम तथा रोजगार, अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन, महासेठलाई भौतिक पूर्वाधार, तामाङलाई कानून र विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी माओवादी केन्द्रबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल र विना मगरले शपथ लिएका छन् । पुनलाई उर्जा, पोखरेललाई शिक्षा, बस्नेतलाई वन तथा वातावरण, खनाललाई कृषि र मगरलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । सरकारमा फोरमलाई पनि सहभागी गराउने तयारी भए पनि आज फोरमका तर्फबाट कुनै पनि मन्त्रीले शपथ लिएका छैनन् । जसका कारण सरकारले अझै पूर्णता पाउन सकेन ।

Comments