काठमाडौं। पूर्वप्रधानन्याधीश सुशीला कार्कीले न्यायपरिषद्ले प्रधानन्याधीशलाई हटाउन मिल्ने बताउनु भएको छ ।

‘न्यायपरिषद्ले प्रधानन्यायाधीश हटाउन वा फेर्न सक्छ’ पूर्व प्रधानन्यायधीश कार्कीले बुधबार बिबिसीसँगको अन्तरवार्तामा भन्नुभयो, ‘न्यायपरिषद्ले प्रधानन्यायधीश हटाउँदा त्यस बारेमा अनावश्यक बहस वा विवाद गर्नु आवश्यक छैन ।’

पूर्व प्रधानन्यायधीश कार्कीले त्यसरी विवाद भएपछि पराजुली पदमा बस्नु उपयुक्त नभएको बताउनु भयो । ‘त्यस्तो विवाद भइसकेपछि बसिरहनु राम्रो होइन’ उहाँले भन्नुभयो,‘मैले भए राजीनामा दिन्थे ।

एकपछि अर्को विवारमा पर्दै गएका प्रधानन्याधीश पराजुलीलार्इ न्यायपरिषद्ले बर्खास्त गरेको छ । एसएलसीको शैक्षिक र जन्ममिकिो विवादमा परिरहेका पराजुलीको सोमबारदेखि फेरि अर्को विवाद थपिएको छ ।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश चोलेन्द्रशम्शेर राणाले प्रधानन्यायाधीश पराजुलीको गचत साउनमै अवकाश भइसकेको जाउँदै सोमबार इजालश बहिष्कारको घोषणा गर्नु भएको थियो । त्यसपछि मंगलबार ६ जना न्यायाधीशले इजालश अस्वीकार गरे । बुधबार पनि ८ जना न्यायाधीशले इजालश अस्वीकार गरेका छन् ।

Comments