एजेन्सी। जानी-जानी छोरी जन्माएको भन्दै एक श्रीमानले श्रीमती माथि एसिड फ्याँकेका छन् । भारतको नयाँ दिल्ली नजिकको ठाउँ मोरादाबादमा २५ वर्षिया श्रीमती फराह बिविलाई ३२ वर्षीय श्रीमान सिराज बिविले एसिड फ्याँकेका हुन् ।

श्रीमती फराहले दाइजो पर्याप्त नल्याएको भन्दै ३२ वर्षीय श्रीमान सिराजले यातना दिने गर्थे । श्रीमती गर्भवती भएपछि छोरा जन्मने आशा बोकेका उनले जब छोरी जन्मीइन् , श्रीमती माथि एसिड फ्याँके। एसिडले फराहको अनुहार, हात र पेटमा असर परेको छ भने श्रीमान सिराज फरार छन्।

सिराजको अपराधमा उनको परिवार पनि संलग्न रहेको छ। परिवारले फराहले जानी -जानी छोरी जन्माएको आरोप लगाएको थियो।

जलेको अनुहार लिएर अस्पताल गएकी फराहको उपचार भइरहेको छ भने प्रहरीले सिराजको खोजतलास सुरु गरेको छ।

Comments