काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वैशाख १ गतेदेखि नेपाल सरकारका सम्पूर्ण कारबोर विद्युतीय प्रणालीमार्फत गर्ने निर्णय गरेका छन् ।

पदवहालीका क्रममा मन्त्री खतिवडाले राजस्व दाखिला र भुक्तान रकम दुवै विद्युतीय प्रणाली मार्फतमात्र गर्ने निर्णय गरेका हुन् । मन्त्री खतिवडाले निजीक्षेत्र आर्थिक क्षेत्रको इन्जिन भएको बन्दै सहकारी र सामुदायिक क्षेत्रसँग परिपूरकताका आधारमा सहकार्य गरेर अगाडि बढ्ने बताए ।

अर्थमन्त्री डा. खतिवडाले आर्थिक समृद्धि र गरिबी निवारणमा अवरोध गर्ने सरकारी वित्त व्यवस्थापनमा देखिने अनुशासनहीनताको अन्त्य गर्नुपर्नेमा जोडदिएकाछन् । मन्त्री खतिवडाले देशमा देखिएको आर्थिक समस्या आन्तरिक कारणबाट भएको उल्लेख गर्दै वित्तीय प्रणालीका संरचनात्मक समस्यालाई सुधार गरेर वित्तीय स्थायित्व ल्याउने बताए ।

Comments