मेलबर्न । नेपालीहरुको एउटा परिचय सामाजिक सद्भाव र आपसी सहयोग पनि हो । यो परिचयलाई विदेशमा बस्ने नेपालीहरुले पनि जोगाउँदै आइरहेका छन्। यस्तै नेपालीपन अर्थात सामाजिक सद्भाव र सहयोगलाई विदेशमा रहेर पनि निरन्तरता दिने व्यक्ति हुनुहुन्छ, जनक राज गौतम।

जनक राज गौतम सन् १९९० मा अष्ट्रेलिया आउनुभएको हो । गुल्मीको वामी घर हुनुभएका गौतम अष्ट्रेलिया आएर आफ्नो करियरलाई अगाडी बढाउँदै रेष्टुरेन्ट व्यवसायीको परिचय बनाउनुभएको छ । आफ्नो स्वार्थ मात्र नहेरेर सामाजिक हीतको बारेमा पनि सोंच्ने उहाँको अर्को परिचय हो, समाजसेवी।

अष्ट्रेलियामा रहने नेपालीहरुलाई आवश्यक सहयोग गर्नको लागि सधै अग्रसर हुने गौतम भन्नुहुन्छ, ” मैले विगत दश वर्षदेखि सक्रिय रुपमा सामाजिक काम गर्न लागेको हूँ। सहयोगमा मूख्यत: आर्थिक पक्षको लागि र अरु विभिन्न समस्याको लागि नेपालीहरु मेरो सम्पर्कमा आउने गर्छन्। म गुल्मी समाज भिक्टोरियामा आबद्ध छु, जुन सामजिक कामको लागि नै खोलिएको संथा हो। मैले परिस्थिति र आवश्यकता अनुसार व्यक्तिगत वा संस्थागत रुपले सहयोग गर्ने गरेको छु। ” यसरि सहयोग गर्दा उनीहरुको समस्याको सामाधानको लागि आफ्नो सहयोग प्रभावकारी भएको पाएको समेत उहाँ बताउनुहुन्छ।

समाजसेवालाई निरन्तरता दिंदै अष्ट्रेलियामा नेपालीहरुलाई सहयोग गर्न तत्पर रहने आफ्नो भावी योजना रहेको बताउने गौतमले अष्ट्रेलियाको भिक्टोरियामा बस्ने जोकोहीले सहयोगको खाँचो भएमा गुल्मी समाज भिक्टोरिया मार्फत आफूलाई सम्पर्क गर्न सक्ने बताउनुहुन्छ।

Comments