मनाङ । मनाङमा मंगलबार साँझदेखि भारी हिमपात भइरहेको छ ।

हिमपातका कारण अत्यधिक चिसो बढेको छ । माथिल्लो मनाङको नेस्याङ, नार्फू र चामे गाउँपालिकामा अत्यधिक हिमपात भएको र तीव्र गतिमा हावाहुरी चलेको चामेका स्थानीयबासी धावा छिरिङ गुरुङले जानकारी दिए ।

मनाङ भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक भने हिमपातमा रमाइरहेका छन् । करिब एक फिटसम्म हिउँ जमेको छ ।

गत वर्षको हिउँदयाममा एक पटकमात्र हिमपात भए पनि यस वर्ष भने एकै महिनामा दुई पटक हिमपात भएको छ । गतवर्षको तुलनामा यसवर्ष अत्यधिक चिसोसमेत बढेको छ । हिमपात बढेसँगै जनजीवन कष्टकर बनेको छ ।

Comments