एजेन्सी । पहिले हलिवुडमा मात्र देखिने चुम्बनको दृश्य ( लिप-लक् किस ) अहिले हिन्दि तथा नेपाली चलचित्रहरुमा समेत सामान्य मानिन्छन् । तर, केही बलिवुड कलाकार छन् जसले चुम्बनको दृश्य दिन मान्दैनन् ।

शिल्पा सेट्टी

शिल्पा सेट्टीले रिचार्ड गेयरले चुम्बन गरेपछि उक्त दृश्यको फोटो तथा समाचार सर्वत्र फैलिएको थियो । यो घटनापछि शिल्पाले फिल्ममा चुम्बनको दृश्य दिन मान्दिनन् ।

सलमान खान

सुपरस्टार सलमान खानले आजसम्म फिल्ममा चुम्बनको दृश्य दिएको छैनन् र अरुले दिएको पनि मन पराउँदैनन् ।

असिन

चलचित्र गजनी बाट चर्चामा आएकी असिनले गजनीमा चुम्बनको दृश्य दिन नमान्दा स्क्रिप्टको केही भाग नै परिवर्तन गरिएको थियो। उनले आजसम्म चुम्बनको दृश्य दिएकी छैनन् ।

अजय देवगन

अजय देवगनले लोकप्रियता कमाएका छन् । तर, उनले आजसम्म कुनै पनि फिल्ममा चुम्बनको दृश्य दिएका छैनन्।

तमन्ना भटिया

तमन्ना भटियाले कुनै पनि फिल्ममा चुम्बनको दृश्य दिएकी छैनन्।

Comments