मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा लोकप्रिय गायक राज सिग्देलले दोस्रो पटक प्रस्तुति दिने भएका छन् । पहिलो एकल साँझको प्रस्तुति पछि दर्शक-श्रोताले फेरी पनि राज सिग्देललाई सुन्ने चाहना गरेका कारण गजल साँझको आयोजना गरिएको हो ।

‘ऊ जितेर गई, या हारेर गई तर नतिजा आफैंतिर पारेर गई’ लगायतका चर्चित गजल गाएका राज सिग्देलको गत शुक्रबार भएको एकल साँझमा नेपालीहरु उल्लेख्य मात्रामा सहभागी भए । जादुमय स्वरका धनी सिग्देलले नेपाली र हिन्दी गजल तथा गीतहरुमा भरेको आवाजले दर्शक-श्रोताको धित मरेन। जसले गर्दा दोस्रो पटक उनको एकल प्रस्तुती रहने गजल साँझको समेत आयोजना गरिएको छ । गायक सिग्देललाई संगीतमा साथ दिनको लागि स्टेजमा चर्चित तबलावादक धिरज श्रेष्ठ समेत हुनेछन् ।

फेब्रुअरी ३ तारिखको साँझ बेलुका ७ बजेपछि स्थानीय थनवरी थियटरमा हुन लागेको कार्यक्रमलाई महालक्ष्मी ग्रोसरी र नेपाली रेष्टुरेन्ट बेल स्ट्रिट क्यान्टिनले संयुक्त रुपमा आयोजना गरेका हुन्। कार्यक्रमको टिकटको लागि अच्युत के.सीलाई ०४०२९३७४८२ मा सम्पर्क गर्न सकिन्छ।

अष्ट्रेलिया टुरमा रहेका गायक सिग्देलले अष्ट्रेलियाका सिड्नी, ब्रिसबेन लगायतका सहरहरुमा समेत प्रस्तुति दिंदैछन् ।

Comments