काठमाडौ ,२ असोज । संवैधानिक परिषद्ले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा पूर्व प्रधान न्यायाधीश अनुपराज शर्मालाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री सुशील कोईरालाको अग्रसरतामा आज बिहान सिंहदरवारमा बसेको परिषद वैठकले नियुक्ती गरेको हो । त्यसैगरी आयोगको सदस्यहरुमा पुर्वप्रधान्यायाधिश प्रकाश वस्ती, मोहना अन्सारी, सुदीप पाठक, गोविन्द पौडेललाई सदस्यमा नियुक्त गरेको छ ।

प्रधानमन्त्री सुशील कोइराला १४ दिन लामो विदेश भ्रमणमा जान लाग्नु भएकोले आजै परिषदको बैठक राखेर पदाधिकारी नियुक्ति गर्नु भएको हो ।
प्रधानमन्त्री कोईराला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अमेरिका जाने र असोज १६ मा मात्र स्वदेश फर्कने कार्यक्रम छ ।

Comments