सिड्नी । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । गत शुक्रबार उनी आफ्नी प्रेमिका संगै आफ्नै डेरामा मृत अवस्थामा भेटिएका हुन् ।

डेली मेलका अनुसार ३३ वर्षीय ब्राजिल गुरुङ २२ वर्षिया बेलायति प्रेमिका अमेलिया ब्लेकसंग सिड्नीको न्युटाउन स्थित डेरामा बस्दै आएका थिए । उनीहरु तीन महिना अगाडी देखि त्यहाँ बस्दै आएको र उनीहरुको सम्बन्ध सुमधुर रहेको छिमेकीहरुले बताएका छन् । तर, घटनाको प्रकृति हेर्दा भने युवाले प्रेमिकाको हत्या गरेपछि आफूले आत्महत्या गरेको आशंका गरिएको डेली मेलले लेखेको छ ।

यता नेपाली प्रतिनिधिहरुले पुलिस रिपोर्ट नआएसम्म घटनाको सत्य तथ्य थाहा नहुने बताएका छन् । छिमेकीहरुसंग गरिएको अनुसन्धानमा उनीहरुले घटना हुने साँझ उनीहरुको डेराबाट ठूलो आवाज आएको बताएका छन् ।

तस्बिर : डेली मेल

Comments