काठमाडौं । आदलतले राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पाँच वर्ष जेल सँजाय सुनाएको छ ।

कर्तब्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध मंगलवार यो सजाय सुनाएको हो । अदालतले मनाङेको प्रदेश सभा सदस्य पद समेत खारेज गर्ने फैसला सुनाएको छ । मनाङे गत मंसिरमा सम्पन्न निर्वाचनमा मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए ।

गुण्डा नाइकेका रुपमा कुख्यात मनाङेले पटक पटक जेल जीवन विताउँदै आएका छन् ।

Comments