काठमाडौं । बलिवुड फिल्म ‘पद्मावती’ को नाम परिवर्तन गरेर ‘ पद्मावत ‘ बनाइएको छ । नाम परिवर्तन भएपछी फिल्मलाई सेन्सर बोर्डले पास समेत गरिसकेको छ। फिल्म बिहिबार ‘यू ए’ प्रमाणपत्र पाउँदै सेन्सरबाट पास भएको हो।

सेन्सर बोर्डले फिल्म १६ शताब्दीका चर्चित कवि मलिक मुहम्मद जयासीको कृतिमा आधारित रहेको तथ्यलाई ध्यानमा राख्दै केही दृश्य काट्न समेत निर्देशन दिएको छ । फिल्ममाथी भारतको राजपुत समुदायले आफ्नो ऐतिहासिक तथ्य र गरिमालाई तोडमोड गरिएकोले आफूहरुको अनुमतिले मात्र फिल्मलाई प्रदर्शन गर्नुपर्ने अन्यथा प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै आएको थियो।

दीपिका पदिकोण, शाहिद कपुर तथा रणवीर कपुर मूख्य भूमिकामा रहेको उक्त फिल्मको नयाँ रिलिज मिति अब छिट्टै तोकिने बताइएको छ ।

Comments