मेलबर्न । अष्ट्रेलियामा बढिरहेको नेपालीहरुको संख्यासंगै नेपालको जातीगत तथा क्षेत्रीय विविधता पनि भित्रिएको छ । आफ्नो समूहको पहिचान र संस्कृति जोगाउन नेपालीहरुले विभिन्न समूह तथा समाज गठन गरि अगाडी बढिरहेका छन् ।

विशेष गरि नेपालको मधेसी समुदायलाई प्रतिनिधित्व गर्नेगरि भिक्टोरियामा ‘मधेसी कम्युनिटी इन भिक्टोरिया’ सक्रिय रुपमा लागिरहेको छ । यसले विशेष गरि आफ्नो समुदायका व्यक्तिहरुलाई एकताबद्ध गरि एक अर्कालाई सहयोग गर्ने वातावरणको सिर्जना गर्ने तथा आफ्नो पहिचान र संस्कृतिलाई जोगाउन विभिन्न कार्यक्रमहरु गर्ने गर्दछ ।

यस कम्युनिटीले व्यवस्थित तरिकाले आफ्नो कार्य संचालन गर्नको लागि कार्यसमिति गठन गर्ने गर्दछ । यो वर्षको नयाँ कार्यसमितिको लागि सुरेन्द्र रौनियार अध्यक्षमा चयन हुनुभएको छ । नेपालको कन्चनपुर् घर भइ हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गर्दै आउनुभएका  रौनियार पेशाले इन्जिनियर हुनुहुन्छ ।

Comments