बलिउडका सुन्दरीहरु अरु भन्दा आफू अलि फरक देखिन यति सम्म गर्छन् कि कुनै समय उनीहरुको यो हर्कतले आफै हाँसोको पात्र बन्ने र लज्जित हुनुपर्ने अवस्था आउँछ ।

पछिल्लो समय यस्तै भएको छ,बलिउड अभिनेत्री नीतु चन्द्रासंग पनि । साउथ ईण्डियन ईनटरनेशनल मुवि अवार्डमा सहभागि हुन जाने क्रममा उनले यस्तो पहिरन लगाएकी थिईन् कि जुन अहिले  निकै चर्चाको  विषय बनेको त । यसको साथै उनी हाँसोको पात्र पनि बनेकी छन् । फरक देखिने चक्करमा उनले लगाएको पहिरन यति धेरै पारदर्शी थियो उनको गोप्य अंग सबै उदाँगो देखिएको थियो । जुन कुराले अहिले व्यापक रुपमा बजार तताएको छ ।

त्यसो त नीतु मात्र होईन बलिउडका नाम कमाएका अन्य अभिनेत्रीहरु पनि फेशनको चक्करमा हाँसोका पात्र बन्ने गरेका छन् । त्यहिभित्र पर्छिन अभिनेत्री एवम् पूर्व विश्पसुन्दरी ऐश्वर्या राय वच्चन । हुनत हरेक समारोहमा शानदार पहिरनका लागि उनलाई माहिर मानिन्छ । तर कयौँ पटक उनले लगाएको पहिरनलाई लिएर मजाक उडाईएको छ । त्यस्तै आईएफा अवार्डस्मा सहभागि हुन पुगेकी परिणीति चोपडा पनि फरक देखिने चक्करमा यस्तो अचम्मको पहिरनमा पुगेकि थिईन् कि जसले विद्या वालनको फेशनमा समेत प्रश्न उठेको थियो ।

यस्तै बलिउडका स्टाईलिष्ट कलाकारहरुमध्ये एक प्रियंका चोपडा र सोनम कपुर पनि पहिरनका कारण थुप्रै पटक हाँसोको पात्र बनिसकेका छन् ।

Comments