आजबाट हुने भनिएको वाइवाइ अण्डर–१९ राष्ट्रिय प्रतियोगिता लगातारको वर्षाका कारण नेपाल क्रिकेट संघ क्यानले एक दिनपछि सारेको छ ।

निर्धारित तालिकाअनुसार सोमबार भक्तपुरमा हुने भनिएको वीरगन्ज र धनगढी तथा पुल्चोकमा हुने तय भएको बैतडी र विराटनगरबीचका खेल क्रमश असोज २ गते र ५ गते हुनेछन् ।  समूह ‘एु मा काठमाडौं, जनकपुर, पोखरा र भैरहवा तथा समूह ‘बीु मा वीरगन्ज, धनगढी, विराटनगर, बैतडी र नेपालगञ्ज छन् । प्रत्येक समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्ने छन् ।

प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार पाउने छन् । अर्को वर्ष पुरस्कार राशी बढाइने वाइवाइका लालबाबु प्रसाददे बताउनुभयो । त्यस्तै म्यान अफ द सिरिजले १० हजार, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, म्यान अफ द फाइनलले जनही ५ हजार पाउने छन् । फेयर प्ले टोलीलाई पनि ५ हजार प्रदान गरिने भएको छ ।

Comments