मेलबर्न । अष्ट्रेलियामा बस्ने फेसबुक प्रयोगकर्ताले अब फेसबुकमा कुनै पनि कुरा पोस्ट गर्दा सजग रहनुपर्ने भएको छ । भिसाको लागि चरित्र र नैतिकताको नियम अब सामजिक संजालमा समेत लाग्ने भएको हो ।

यो नियम यसभन्दा पहिले केही भिसाहरुको लागि मात्र थियो । तर अब सबैजसो अस्थायी भिसाको लागि नोभेम्बर १८ देखि यो नियम लागु भएको छ।

लिङ्ग, जात, धर्म, पेशाको आधारमा कसैलाई होच्याएर फेसबुकमा कुनै पोस्ट राखेमा, हिंसा भड्काउने खालको र कसैको मानहानी गर्ने खालको पोस्ट गरेमा समेत भिसा रद्द हुने, अध्यागमन विभागले सुचना जारि गरेको छ ।

तस्बिर स्रोत : SBS News

Comments