काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको फाइनल प्रवेशकालागि अहिले नेपाल र अफगानिस्तान भिडिरहेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा शुरु भएको खेलमा टस जितेको अफगानिस्तानले पहिलो फिल्डीङ रोजेको छ ।

एसीसी अन्डर नाइन्टिन युथ एशिया कपको सेमिफाइनलमा नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर व्याटिङ गरेको नेपालले कमजोर प्रदर्शन गरेको छ ।

२७ ओभरमा सबै विकेट गुमाएर नेपालले १०३ रन मात्र जोड्न सक्यो ।  अनिल कुमार साहले अर्धशतक बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेका छैनन् । ५७ बल सामना गरेका अनिलले एक छक्का र ७ चाैकाको मद्दतमा ५० रन जोडे ।

आशिफ शेख शून्यमै मुजिर उर रहमानको बलमा एलबीडब्लू आउट भए ।  मुजिर उर रहमानकै दोस्रो अोभरमा १५ बलमा १ रन बनाएका जितेन्द्र सिंह अाउट भए ।

२० बलमा ६ रन बनाउँदा दिपेन्द्र सिंह एेरी मुजिर उर रहमानकै बलमा अाउट भए ।

समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई हराउन सके अर्को इतिहास रच्नेछ ।

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा पाकिस्तान बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ ।

Comments