नेपालले गरिबी निवारणको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

एसियाली विकास बैंक एडीबीले काठमाडौंमा एक कार्यक्रम गरी एसिया क्षेत्रमा गरिबीको अवस्था सार्वजनिक गरेको हो । प्रतिवेदनमा नेपालले यस क्षेत्रमा उच्च प्रगति गरिरहेको जनाइएको हो । कार्यक्रममा एडीबीका देशीय निर्देशक किनिचि योकोयामाले गएको दुई दशकमा नेपालले गरिबी निवारणमा उल्लेखनीय प्रगति गरेको बताउनुभयोे ।

विश्व सहश्राब्दी विकास लक्ष्य प्राप्तिमा नेपाल अघि बढिरहेको पनि उहाँले बताउनुभयो । यद्यपि, नेपालले गरिरहेको प्रगतिलाई दीगो बनाउनु भने चुनौती रहेको उहाँको भनाइ थियो ।

Comments