काठमाडौं । स्थानीय तहको निर्वाचनपछि झन्डै १४ लाख नयाँ मतदाता थपिएका छन्। ती मतदाता नै आगामी मंसीरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा निर्णायक मत हुने आँकलन गर्न थालिएको छ । जसले गर्दा यसपटक निर्वाचनको परिणाम सरप्राइज हुनसक्ने विज्ञहरुको अनुमान छ ।

स्थानीय तह निर्वाचनमा कूल मतदाता १ करोड ४० लाख ५४ हजार थियो। निर्वाचन सकिएलगत्तै आयोगले पुनः स्थानीय स्तरमै मतदाता नामावली संकलन गरेको थियो। त्यसपछि झन्डै १४ लाख नयाँ मतदाता थपिए। आयोगको आँकडाअनुसार स्थानीय निर्वाचनपछि १३ लाख ७० हजार २४९ नयाँ मतदाता थपिएका छन्। अहिले कूल १ करोड ५४ लाख २४ हजार ७,३१ मतदाता रहेका छन्।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालकाअनुसार थपिएका अधिकांश मतदाता स्थानीय तह निर्वाचनपछि १८ वर्ष पुगेका युवा हुन् भने बाँकी पहिले नामावली संकलनमा छुटेकाहरु हुन्।

युवाहरु मतदान प्रक्रियामा सक्रिया सहभागी नहुने विगतका तथ्यांकले देखाए पनि यो पटकको निर्वानमा सक्रिय सहभागी हुने आयोगको विश्वास छ ।

युवाको मत कसले पाउँला त ?

विश्लेषकहरुका अनुसार प्रमुख राजनीतिक शक्तिको नेतृत्वमा र उम्मेदवारमा पुरानै अनुहार हाबी भएकाले युवाहरु नयाँ शक्तितिर ढल्किन सक्ने खतरा रहेको छ ।

प्रमुख दलहरूमा युवा उम्मेदवारले अझै ठाउँ नपाएकाले युवा नयाँ दलतिर आकार्षित भएको देखिन्छ। विश्लेषकहरुका अनुसार ४० प्रतिशत युवा वैकल्पिक शक्तितिर आकार्षित हुने सम्भावना छ। नयाँ दलहरु सोसल मिडियामा अपडेट भइरहने भएकोले पनि नयाँ दलहरुले युवाको मन तान्ने देखिन्छ।

कहाँ कति थपिए मतदाता ?

सि.नंजिल्लाथपिएका मतदाता
1ताप्लेजुङ7633
2पाँचथर8596
3ईलाम14776
4झापा75012
5संखुवासभा8404
6तेह्रथुम6037
7भोजपुर8343
8धनकुटा9832
9मोरङ80915
10सुनसरी53141
11सोलुखुम्बु7676
12खोटाङ9534
13ओखलढुङ्गा10755
14उदयपुर18452
15सप्तरी14749
16सिराहा12775
17दोलखा14396
18रामेछाप17941
19सिन्धुली13274
20धनुषा15283
21महोत्तरी9287
22सर्लाही18965
23रसुवा4566
24धादिङ27473
25नुवाकोट22392
26काठमाडौँ44220
27भक्तपुर16568
28ललितपुर15243
29काभ्रेपलान्चोक41438
30सिन्धुपाल्चोक27852
31मकवानपुर27834
32रौतहट6411
33बारा16269
34पर्सा8838
35चितवन41033
36गोरखा20392
37मनाङ्ग785
38लम्जुङ्ग9464
39कास्की30670
40तनहुँ16785
41स्याङ्जा18805
42गुल्मी15562
43पाल्पा18993
44अर्घाखाँची11628
45नवलपरासी60059
46रुपन्देही63980
47कपिलवस्तु25214
48मुस्ताङ्ग1164
49म्याग्दी4075
50बाग्लुङ10480
51पर्वत8055
52रुकुम10026
53रोल्पा13425
54प्युठान11192
55सल्यान8956
56दाङ47764
57डोल्पा2064
58मुगु2580
59जुम्ला4381
60कालिकोट3933
61हुम्ला2873
62जाजरकोट4989
63दैलेख6979
64सुर्खेत20176
65बाँके30637
66बर्दिया19293
67बाजुरा4884
68अछाम9161
69बझाङ्ग6665
70डोटी5656
71कैलाली57300
72दार्चुला2606
73बैतडी7493
74डडेलधुरा5952
75कन्चनपुर29240
कुल जम्मा1370249

Comments