एक पटक कहिलै सुर्य न अस्ताउने ब्रिटिस साम्राज्य भित्र समेटिएका सयौं औपनिवेशिक रास्ट्रले बदलिँदो समय सँगै ब्रिटिशको अधिनबाट मुक्त हुन  स्वतन्त्रताको थुप्रै लडाई लडेको इतिहास छ | अहिले बेलायती अधिनबाट छुटकारा खोज्दै स्कटल्यान्डका जनताले जनमत संग्रह मार्फत स्वतन्त्रताको बाटो रोज्ने पछिल्लो प्रयत्न गर्दैछन् | स्कटल्याण्ड स्वतन्त्र हुने वा नहुने बिषयमा जनमत संग्रह हुन मात्रै अब  ८ दिन बाँकी छ | यो जनमत संग्रहमा १६ बर्ष भन्दा माथिका नागरिकले प्रत्यक्ष मत दिन पाउनेछन् | देशको भविश्यको बारेमा १८ बर्ष भन्दा कम उमेरका नागरिकलाई निर्णय गर्ने अधिकार दिने पहिलो देश बन्दैछ बेलायत | प्रारम्भिक सर्वेक्षणहरुले स्कटल्याण्डका नागरिकहरुमा स्वन्त्रताको पक्ष र बिपक्षमा झन्डै दुई भागमा बराबरी मत रहन सक्ने आँकडा देखाएको छ | यद्यपि तटस्थ बस्नेहरुको संख्या समेत अधिक देखिएकोले स्कटल्याण्डको भबिस्य के हुने भन्ने बारे आँकलन गर्न बिस्व समुदायले सकिरहेको छैन | आगमी एक सातामा स्कटल्याण्डले गर्ने  निर्णय एतिहासिक बन्ने मिति जति नजिकिदै छ उतिनै बिश्व समुदायको ध्यान यस तर्फ केन्द्रित भैरहेको छ | स्मरणीय के छ भने संघियताको अभ्यास गरिरहेका राज्यले आफु स्वतन्त्र हुन चाहेमा जनताको चाहना बमोजिम आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाउँछन् | सोहि अधिकारको अभ्यास स्कटल्याण्डले गरिरहेको परि प्रेक्षमा संघियताको आवाज उठाई रहेको नेपालले सिक्नु पर्ने देखिन्छ |

स्वतन्त्र स्कटल्याण्डको बिपक्षमा अष्ट्रेलियाका प्रधानमन्त्री

अष्टेर्लियन प्रधानमन्त्री टोनी एवटले स्कटिस स्वतन्त्रताको विपक्षमा यस अघि कडा प्रतिक्रिया सार्वजनिक गरेका थिए  । एवटले स्कटल्याण्ड वेलायतबाट छुट्टीए विश्वलाई त्यसले सहयोग नगर्ने वताएका थिए  । यसअघि अमेरिकी राष्ट्रपति वाराक ओवामाले पनि स्कटिस स्वतन्त्रका विपक्षमा आफ्नो विचार राखेका थिए ।  जनमत संग्रहले ३०७ वर्षको वेलायतसंगको आवद्धता कायम राख्ने  वा तोड्ने निर्णय गर्नेछ । एवटले स्कटिसलाई जनमत संग्रहमा छुट्टीने वा नछुट्टीने पक्षमा मतदान गर्नेवारे आफुले केही भन्न नमिल्ने वताउंदै पुरानो मित्र राष्ट्रको हिसावले युनाईटेड ईङ्ल्याण्ड देख्न चाहेका स्पष्ट पारेका छन् । संयुक्त वेलायतबाट स्कटल्याण्ड छुट्टीएको देख्न चाहानेहरु वेलायतका असली मित्र नभएको समेत एवटको भनाई छ ।  

महारानी एलिजावेथको आपत्ति 

यसै बीच यति बेला जनमत संग्रहको मिति नजिक आएकै  बेला बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन भने ठुलो समस्यामा फँसेका छन् । स्कटल्याण्ड स्वतन्त्र हुने बिषयमा हुन लागेको जनमत संग्रहबारे महारानी एलिजाबेथ द्वितियले आपत्ति जनाएपछि प्रधामन्त्री क्यामरुन समस्यामा फँसेका हुन् ।  सन् १९७७ मा पनि यस्तै मुद्धामा महारानीद्वारा आपत्तिपूर्ण मन्तव्य आएपछि प्रधानमन्त्री समस्यामा परेका थिए । महारानीको आपत्तिपूर्ण अभिव्यक्ति आएपछि जनमत संग्रहको पूर्वनिर्धारित कार्यक्रम असफल हुने सम्भावना बढेको अधिकारीहरुले जनाएका छन् । जनमत संग्रह असफल भए प्रधानमन्त्री डेभिड क्यामरुनले राजिनामा दिनुपर्ने सम्मको समस्या उत्पन्न हुने आशंका गरिएको छ । बकिंघम दरबारले महारानी एलिजावेथको भनाई उल्लेखगर्दै भनेको छ ” १८ सेप्टेम्बरमा हुने जनमत संग्रहको बारेमा महारानीले केहि अभिव्यक्ति नदिने भएकी छिन् | महारानी बेलायत अरु टुक्रा भएको हेर्न चाहन्नन् |” तर बेलायती संसदले  स्वतन्त्रताको  निर्णय गर्ने अधिकार स्कटल्याण्डका नागरिकको मात्रै रहेकोले जनमत संग्रहलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुपर्छ भन्नेमा दुई मत छैन | विश्लेषकहरु भन्छन्  बेलायती साम्मनित राजसंस्थाले स्कटल्याण्डको स्वविवेक प्रयोग गर्न पाउने अधिकार माथि प्रश्न उठाउन उचित हुँदैन |

Comments