व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ ।

हिजो पानि विपक्षि दलले बैठक अवरुद्ध गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले आजसम्मका लागि बैठक स्थगित गर्नु भएको हो । चारबुँदे सहमति कार्यान्वयन र अर्थमन्त्रीको प्रतिवद्धता कार्यान्वयनको माग गर्दै विपक्षी दलहरुले हिजोको बैठक अवरुद्ध गरेका थिए ।

संविधानसभा भवन नयाँ वानेश्वरमा अपरान्ह ३ बजेका लागि  बैठक तय भएको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । आजको बैठक अबरुद्ध नभए विनियोजन विधेक माथि छलफल हुनेछ ।  गएको भदौ १२ गते बसेको संसद बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनपछि भएको चार बुँदे सहमति कार्यान्वयनको माग बैठक अवरुद्ध भएको घोषणा गर्नु भएको हो ।

Comments