रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? राजधानीको मुटुमै यस्तो ज्यादती हुन्छ भने दुरदाजमा कस्तो व्यवहार गर्लान् तिनले ? घटना गत सोमबार बेलुकीको हो ।

देब्रे हातमा बाँधिएको घडी हेर्दा रातिको आठ बजेको थियो । व्यक्तिगत कामको सिलसिलामा न्युरोड पुगेको थिएँ ।साथीसँग हामी काम सकेर बानेश्वर डेरातर्फ आइरहेका थियौँ स्कुटीमा । गफिँदै । पछाडिबाट आएको आवाज राम्रोसँग सुन्न सकिरहेको थिइन ।

साथीले ‘ओइ सुन्दिनस् मैले बोलेको रु’ भनी । नबोली हिँड्न सक्दिनस् ।’ मैले यसरी नै जवाफ फर्काएँ ।न्युरोडमा ट्राफिक चेकिङ भइरहेको थियो । साथमा सबै कागजात थियो । सरासर गन्तव्यतर्फ बढ्दै थिएँ । कसैले मापसे चेकिङ गरिरहेका कसैले लाइसेन्स मागिरहेका । एक जना ट्राफिकले इशारा गरे । स्कुटी रोकेँ ।मापसे गरेको छ कि छैन रु’ ‘छैन सर ।’ तत्काल जवाफ फर्काएँ । उसले मुखमा पिलपिल बल्ने बस्तु छिरायो । तर, केही जवाफ आएन । त्यसपछि लाइसेन्स र बिलबुक माग्यो । मैले ढिलासुस्ती नगरी कागजात उसको हातमा थमाएँ ।तिनले ओठे जवाफ फर्काए, ‘लाइसेन्स त ठीकै रहेछ तर ब्लु बुक रिन्यु गरिएको रहेनछ १’

कामको व्यस्तताले गर्दा रिन्यु गर्न पाएकी थिइनँ । अब गर्छु नि, हुन्न रु’ मैले भनेँ । तर, ती ट्राफिकले मान्दै मानेनन् । ‘त्यसरी कहाँ हुन्छ रु सबैले नियम पालना गर्नुपर्छ । यस्तै गलफत्ति भयो ।मैले चिट काट्नुस् न त भनेँ । तर, चिट काट्न पनि मानेनन् ।

साथी सडकको एक साइडमा उभिएर गलफत्ति हेरिरहेकी थिई । ती ट्राफिक प्रहरी नजिकै आएर कानेखुसीको शैलीमा भने, ‘तिमी र म घुम्न जाऔँ । ट्याक्सी भाडा पनि म नै तिरौँला । तिमीले मात्रै मलाई साथ दिनुप¥यो । म छक्क परें ।

मेरो ठाउँमा अरू कोही केटी भइदिएको भए सायद गालामा थप्पड लगाइसक्थ्यो । तर, मैले सकिन । चारैतिर चकमन्न जस्तै लाग्यो । खम्बामा बलेका बत्ति हो कि होइन ठम्याउन गाह्रो भयो ।

यसो दिमाग घुमाएँ । यस्तो सुनसान रातमा ऊसँग झोक्किएर समस्या समाधान होला जस्तो लागेन ।सायद उसले सोच्यो होला, ‘यस्तो रातमा न्युरोडमा हुइँकिने केटीहरू धन्दावाल हुन् ।’ नरम शैलीमा, ‘सर, म त्यस्तो खालको केटी होइन । ठीक छ भोलि बिलबुक र लाइसेन्स लिन कहाँ आउनुपर्ने हो, आउँला ।’ भन्दै अघि बढ्न खोजेँ । तर, उसले हात अठ्यायो अनि भन्यो, ‘घुम्न नजाने भए मेरो नम्बर टिप, भोलि ल्याइदिउँला । अथवा तिमी आफंै लिन आउन सक्छ्यौ ।’

(हाँस्दै) ठट्टा गरेको शैलीमा उसले भन्यो, किन डराएको बहिनी, मैले त यसो जाँच पो गरेको १ मेरो नाम सविन शर्मा हो । ‘अरुको सुरक्षामा यस्तो राति खटिएको प्रहरीले तपाईंमाथि त्यस्तो नकारात्मक सोच राख्दो होला रु’मैले अघि गलत सोचेछु जस्तो महसुस भयो । डराउनुपर्दैन भन्दै आफ्नो मोबाइल नम्बरमा मिसकल गर्न भन्यो । मैले डायल गरें । उसकोमा घण्टी बज्यो । ए यही हो तिम्रो नम्बर । तत्कालै उसले मेरो नम्बर सेभ ग¥यो ।उसले आफ्नो ड्युटी डिल्लीबजारको पिपलबोटमा परेको भन्दै स्कुटीमा त्यहाँसम्म पु¥याइदिन आग्रह ग¥यो । रात निकै छिपिसक्यो ‘तिम्रो ब्लु बुक र लाइसेन्स पनि त्यहाँको सईसाबले राखेको छ । अघि नै उसले तिम्रो कागजात लिएर गइसकेको छ । ऊसँग कुरा मिलाएर त्यहीँ दिउँला ।’ भन्यो, तर, मैले प्रस्ताव अस्वीकार गरेँ ।

म एक्लै होइन, साथीसँग छु । उसलाई यस्तो मध्यरातमा कहाँ छाडेर जान मिल्छ रु’ भोलि म पिपलबोटमा आउँला नि सर हुन्न भनेँ । तर, उसले मलाई पु¥याएर साथीलाई पछि लिन आउँदा भइहाल्छ नि भन्दै तत्काल स्कुटीमा चढ्यो । के गर्ने ? कसो गर्ने केही सोच्न सकिनँ ।

ऊ स्कुटीमाथि बसेर, ‘लु यो गल्लीबाट अघि बढौँ न चाँडो डिल्लीबजार पुगिन्छ भनी निर्देशन दियो ।’ पाँच मिनेटमा पुगेर पर्किहाल्छौँ । के चिन्ता लिएको रु कुरा ठीक जस्तो पनि लाग्यो । साथीलाई बोलाएर एकछिन कुर्न भन्दै उसलाई सहमत गराएँ । त्यसपछि उसले भनेको गल्लीतिर अघि बढेँ । न्युरोडबाट केही अगाडि पुगेपछि उसले मेरो संवेदनशील अंगमा छोयो । के गर्ने कसो गर्ने  ?  छटपटिन थालेँ ।

त्यसपछि स्कुटी रोकें । ‘दाइ, के गर्नुभएको ।’ भन्दै थर्काएँ । शरीर कामिरहेको थियो । ‘ए, सरी बहिनी ।’ भन्दै उसले एउटा गल्ली देखाएर यताबाट जाऊँ भन्यो । बीच बाटोमा पुगेपछि फेरि अर्को प्रस्ताव राख्यो, ‘एक मिनेट लामो दह्रोसँग मेरो मुखमा किस गर्यौ भने तिम्रो कागजात फिर्ता गर्दिन्छु ।’त्यसपछि म मुर्छा परेझंै भएँ । ऊ झनझन् रौसिँदै थियो । सुनिनौ, एक मिनेट त हो नि १ भन्दै गल्लीतिर जान दबाब दिँदै थियो । यससँगै दायाँतर्फबाट दुईवटा मोटरसाइकलका दुई युवक देखा परे । यथार्थ घटेको घटना यही हो । संयोगवश, त्यसदिन ती दुईजना केटा देखा नपरेको भए आज मेरो अवस्था के हुन्थ्यो, सोच्न सक्दिन खै कसरी हो कुन्नि ती केटाहरूसँग बोल्न पुगेँ । तर, उनीहरूसँग के भनेँ थाहा पाइनँ । त्यसपछि अचानक मेरो स्कुटी दायाँतर्फ आउँदै गरेको मोटर साइकलसँग ठोक्किन पुगेछ । म भुइँमा ढलें । झसंग भएँ । ऊ ती मोटरसाइकलवालासँग गलफत्ति गरिरहेको देखिन्थ्यो । तत्काल त्यहाँबाट उठेर साथी भएकोनिर पुगँे । केही बोलिनँ, तत्काल जाऔँ भनी साथीलाई स्कुटीमा बस्न अनुरोध गरेँ । १० मिनेटमै घर पुग्यौँ । घर पुगेपछि तत्काल मैले १०३ मा फोन गरेर आफूमाथि भएको दुव्र्यवहारबारे उजुरी गरेँ ।ममाथि दुव्र्यवहार गर्ने ट्राफिक प्रहरीले राति ९ बजेर २८ मिनेटमा मलाई फोन ग¥यो तर मैले उठाइनँ । भोलिपल्ट एक जना साथीलाई लिएर बग्गीखाना गई लिखित निवेदन दिएँ ।

त्यसपछि गएराति घटेको घटनाबारे एसपी वसन्त पन्तसँग लामो कुराकानी ग¥र्यौं । फर्किने बेलामा उनले दुव्र्यवहार गर्ने प्रहरीको पहिचान भइसकेको बताए । ट्राफिक प्रहरीमा यस्ता अनैतिक प्रवृत्ति यदाकदा देखिएको बताउँदै ममाथि दुव्र्यवहार गर्ने प्रहरीको वास्तविक नाम पुरुषोत्तम ढकाल रहेको बताए । ऊ असई रहेछ ।एसपीले ती प्रहरीलाई एक महिनासम्म निलम्बन गरिने, छानबिनका आधारमा आरोप प्रमाणित भए जागिरबाट बर्खास्त गरिने बताए । त्यसपछि हामी ढुक्क भएर फर्कियौँ । त्यो घटना मनमस्तिष्कमा झलझली नाचिरहेको छ ।
ट्राफिक प्रहरी देख्यो कि सबै उस्तै हुन् जस्तो लाग्छ । अहिलेसम्म पनि त्यो घटनाले सताइरहेको छ । यस्तै–यस्तै पिचासहरूका कारण सारा प्रहरीको बर्दीमा दाग लागिरहेछ ।

– रुपा खतिवडा (नाम परिवर्तन)

Comments